नया कामको शुरुवात गर्दै बाघखोर युवा क्लव
२०८० साल पाैष २१ गते शनिबार । नवलपुर
२०८० साल पाैष २१ गते शनिबार
बाघखाेर युवा क्लब मध्यबिन्दु ५ नवलपुरले अाज एउटा बेग्लै कार्यक्रमकाे अायाेजना गर्याे जुन नाैलाे मात्रै नभएर फरक शैलीकाे देखिएकाे थियाे कार्यक्रमकाे नाम थियाे युवा संग जनप्रतिनिधी । जहा उपस्थित युवाहरूले बिभिन्न् प्रश्न लेखेर दिएका थिए भने प्रश्न पढ्दै त्यसकाे जवाफ सम्बन्धीत वार्डका वडाध्यक्ष गणेश प्रसाद पाठक सहित कार्यपालिका सदस्य जनप्रतिनिधीहरूले फर्काएका थिए । सहभागी युवाहरूले शिक्षा ,स्वास्थ्य ,बिकास निर्माण ,राेजगार र बैदेिशक राेजगार संग सम्बन्धीत रहेर प्रश्न गरेका थिए । राष्टिय गान बजाएर शुरू गरिएकाे कार्यक्रममा अाप्रवासी श्रमिक संजालका गण्डकी प्रदेश सदस्य माेती सिग्देल, सेतापानी खानेपानी का अध्यक्ष उदयराज अर्यालले शुभकामना मन्तब्य राखेका थिए भने बिन्देश्वरी अाधारभुत बिधालयका शिक्षक अविभावक संघका संयाेजकले बिधालय संग सम्बन्धीत प्रश्नकाे जवाफ दिए त्यसै गरी जनप्रतिनिधी मध्यविन्दु -५ का वडाध्यक्ष गणेश प्रसाद पाठक, कार्यपालिका सदस्य प्रकाश परियार तथा शान्ता बि क ले अन्य बिषयकाे जवाफ दिएका थिए ।बाेल्ने सबै अतिथी एवं जनप्रतिनिधीहरूले युवाक्लबले शुरू गरेकाे याे कार्यक्रमकाे तारिफ गरि यस्ताे खालकाे कार्यक्रम निरन्तर अायाेजना गर्ने सल्लाह दिएका थिए भने युवा क्लबसंग सहकार्य गर्दै बिकास निर्माणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए उक्त कार्यक्रम क्लबका अध्यक्ष अादेश ज्ञवालीले संचालन गरेका थिए ।