Tue. Jul 9th, 2024

नेपाललाइ पाचाै झट्का………

नेपाललाइ पाचाै झट्का लागेकाे छ २१अाै  अाेभरकाे दाेस्राे बलमा २ रन बनाउदै गुल्सन झा अाउट भएका छन् याे संगै २२ अाै अाेभरकाे समाप्तीमा १०७ रनमा ५ विकेट गएकाे छ देव खनाल ३४ बलमा ३६ रन बनाएर पेभिलियन फर्केका छन भने उत्तम थापा मगर ० रनमा अाउट भएका छन । यस अघि ब्याटिङ गरेकाे न्युजिल्याण्डले ५० अाेभरमा ३०२ रन जाेडेकाे थियाे ।

नवलपुरमा बेथिती बिरूद्ध सक्रिय बन्दै सचेतना समाज नेपाल

सिग्माे सम्बाददाता

२०८० साल पाैष २६ गते बिहिबार ।

सचेतना समाज नेपालले हिजाे अाफ्नाे फेसबुक पेजमा केही तस्विर सहित एउटा स्टाटस पाेष्ट गर्याे त्याे यस्ताे थियाे

 

 

 

 

कावासाेती नगरपालिका निर्णय सच्याईयोस ।
हामिले बारम्बार खबरदारी गर्दै आईरहेका थियौँ । सल्लाहकारहरुले सेवा सुबिधा लिन्न भनेर विज्ञप्ति नै लेखेर समाजिक संजालमा नाटक मंचन गरे अन्त्यमा नगरसभाबाट नै १० लाख सेवासुबिधा लिने गरि निर्णय गराएछन । खबरदार निर्णय सच्याईयोस ! हामिलाई थप आन्दोलन गर्न बाध्य नबनाउनुस । यो अनियमितता भयो । सुसाशनको पाठ पढाउन नगर प्रमुखको कार्यकक्ष मै आउन बाध्य बनाईयो भने नगरप्रमुखलाई महँगो पर्न सक्छ ।
सुध्रिनुस नगरप्रमुख ज्यु तपाईं अनावश्यक आफ्ना आसेपासे पोस्दै हुनुहुन्छ

सचेतना समाज नेपालले यस अघि नै कावासाेती नगर पालिकालाइ उसले गर्ने बिभिन्न नियुक्तिकाे बिषयलाइ लिएर प्रश्न खडा गरेर तत्कालिन अवस्थामा गरिएकाे राम कृष्ण ढुङ्गानाकाे  नियुक्ति र उनलाइ ताेकिएकाे पारिश्रमिक सच्चाउन बाध्य पारेकाे थियाे । तर अहिले साेहि बिषयमा फलाे अप गर्ने क्रममा नगरपालिकाले अाफ्नै निर्णय बिपरित काम गरेकाे पाए पछि अाक्राेशित बन्दै सामािजक संजाल मार्फत बिषय सार्बजनिक गर्दै चेतावनी सहितकाे अभिव्यक्ती व्यक्त गरेकाे छ ।

कावासाेती नगरपािलकाकाे याे बिषय बारम्बार उठिरहे पछि हामीले साे बिषायमा जानकारी लिने उद्देश्यले सचेतना समाज नेपालकाे अाधिकारिक धारणा बुझ्ने क्रममा सम्पर्क गरी  तपाइहरूकाे कार्यक्रम त अलि  कावासाेती नगरपालिका प्रति पुर्वाग्रहि जस्ताे देखिन्छ नि ?  भनि सचेतना समाज नेपाल संस्थाका बेथिती बिरूद्धका अभियान संयाेजक केशब अधिकारीलाइ  प्रश्नमा साेधेका थियाै उहाकाे जवाफ थियाे “ यस नगरपालिकामा मात्र नभएर नवलपुर जिल्ला भरीकाे संघ संस्थाकाे बेथितीकाे खाेजि कार्यमा जुटिरहेका छाै याे कुरा बिस्तारै तपाइहरूले पनि देख्नु हुनेछ  ।” त्यसै गरी तपाइहरूकाे यस स्ंस्थाकाे मुल उद्देश्य के हाे ? भनी यस स्.स्थाका अध्यक्ष गगन न्याेपानेलाइ साेधिएकाे  प्रश्नमा उनकाे जवाफ थियाे “ हरेक क्षेत्रमा भ्रष्टाचार बढिरहेकाे र अधिकांस संघ संस्थाहरूले काम भन्दा बढि बदनाम कमाएकाेले समाजमा एक खाले नैरास्यता देखिएकाे हुदा सचेतना समाज नेपाल हरेक खाले अनियमिता बिरूद्ध खराे रूपमा उत्रिने छ र  हामी हरेक संघ संस्थामा र सरकारी कार्यालयमा अाउछाै त्याहाकाे बेथितीकाे अध्ययन गर्छाै सुसुचित गर्छाै खवरदारी गर्छाै र अावश्यक परे त्यस्ता ब्यक्तिलाइ कार्वाही प्रक्रियाकाे लागी अघि बढ्छाै । याे हाम्राे अभियान हाे याे अिभयान राेकिने छैन बरू अा-अाफ्नाे ठाउँबाट तपाइहरू सु्ध्रिनुहाेस ताकि हामी अाएर तपाइकाे भण्डाफाेर गर्न नपराेस ।”

युवा क्लवकाे नया थालनी युवासंग जनप्रतिनिधी

नया कामको शुरुवात गर्दै बाघखोर युवा क्लव

२०८० साल पाैष २१ गते शनिबार । नवलपुर

२०८० साल पाैष २१ गते शनिबार
बाघखाेर युवा क्लब मध्यबिन्दु ५ नवलपुरले अाज एउटा बेग्लै कार्यक्रमकाे अायाेजना गर्याे जुन नाैलाे मात्रै नभएर फरक शैलीकाे देखिएकाे थियाे कार्यक्रमकाे नाम थियाे युवा संग जनप्रतिनिधी । जहा उपस्थित युवाहरूले बिभिन्न् प्रश्न लेखेर दिएका थिए भने प्रश्न पढ्दै त्यसकाे जवाफ सम्बन्धीत वार्डका वडाध्यक्ष गणेश प्रसाद पाठक सहित कार्यपालिका सदस्य जनप्रतिनिधीहरूले फर्काएका थिए । सहभागी युवाहरूले शिक्षा ,स्वास्थ्य ,बिकास निर्माण ,राेजगार र बैदेिशक राेजगार संग सम्बन्धीत रहेर प्रश्न गरेका थिए । राष्टिय गान बजाएर शुरू गरिएकाे कार्यक्रममा अाप्रवासी श्रमिक संजालका गण्डकी प्रदेश सदस्य माेती सिग्देल, सेतापानी खानेपानी का अध्यक्ष उदयराज अर्यालले शुभकामना मन्तब्य राखेका थिए भने बिन्देश्वरी अाधारभुत बिधालयका शिक्षक अविभावक संघका संयाेजकले बिधालय संग सम्बन्धीत प्रश्नकाे जवाफ दिए त्यसै गरी जनप्रतिनिधी मध्यविन्दु -५ का वडाध्यक्ष गणेश प्रसाद पाठक, कार्यपालिका सदस्य प्रकाश परियार तथा शान्ता बि क ले अन्य बिषयकाे जवाफ दिएका थिए ।बाेल्ने सबै अतिथी एवं जनप्रतिनिधीहरूले युवाक्लबले शुरू गरेकाे याे कार्यक्रमकाे तारिफ गरि यस्ताे खालकाे कार्यक्रम निरन्तर अायाेजना गर्ने सल्लाह दिएका थिए भने युवा क्लबसंग सहकार्य गर्दै बिकास निर्माणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए उक्त कार्यक्रम क्लबका अध्यक्ष अादेश ज्ञवालीले संचालन गरेका थिए ।