Wed. Jul 10th, 2024

अाप्रवासी श्रमीक संजाल नवलपुरले विश्व  अाप्रवासन दिवस २०२३ विविध कार्यक्रम गरी सम्पन्न गरेकाे छ

अाप्रवासी श्रमीक संजाल नवलपुरले २३ अाै विश्व  अाप्रवासन दिवस २०२३ विविध कार्यक्रम गरी सम्पन्न गरेकाे छ ।यहि मिती २०८० मंसिर २६ गतेबाट सप्ताह व्यापी कार्यक्रम घाेषणा गरी विस्व अाप्रवासन दिवस लक्षित कार्यक्रम अन्तर्गत प्रत्यक पालिकाकाे ४ वटा  विधालयमा सचेतना मुलक कार्यक्रम सहित विश्व अाप्रवासन दिवस मनाउन हाेमिएकाे संजालले उत्साहजनक रूपमा कार्यक्रम सम्पन्न गरी सप्ताह व्यापी कार्यक्रमकाे मिती २०८० पाैष २ गतेका दिन कावासाेती नगरपालिका नवलपुरमा समापन समेत सम्पन्न गरेकाे छ ।

जिल्ला भित्रकाे गैडाकाेट नगरपालिकामा जिल्ला अध्यक्ष युवलाल तिवारी,कावासाेती नगरपालिकामा जिल्ला उपाध्यक्ष बाल कुमारी जि.सि मध्यबिन्दु नगरपालिकामा प्रदेश कमिटी सदस्य माेतीलाल सिग्देल एवं बिनयी त्रिवेणी गाउ पालिकामा पालिका संजाल अध्यक्ष टंक पाठककाे नेतृत्वमा कार्यक्रम संचालन भएकाे थियाे । सबै  पालिकामा बिधार्थी र शिक्षककाे

 

 

 

उत्साह जनक सहभागितामा कार्यक्रम सम्पन्न् भएकाे कुरा संजालका   प्रदेश कमिटि सचिब टिका काफ्लेले बताउनु भयाे । मध्यबिन्दु नगरपालिका भित्र भएका कार्यक्रमहरूमा  कार्यक्रम ताेकिएका सबै बिधालयका प्र.अ काे समेत सहभागीता रहेकाे थियाे भने कार्यक्रममा सहभागी नवजागरण नमुना मा.बिका प्र.अ. हरी प्रसाद देवकाेटाले अाफ्नाे मन्तब्यकाे राख्ने  क्रममा अाफ्ना बिधार्थीहरूलाइ बिदेश भन्दा स्वदेशमा नै राेजगारीमा लाग्न र स्वदेशमा नै संघर्ष गर्न अावाहान गर्दै बैदेशिक राेजगार सुखद नहुने कुरा बताउनु भयाे । त्यसै गरी संजालका प्रदेश कमिटी सदस्य एवं मध्यबिन्दु नगर कमिटी अध्यक्ष माेतीलाल सिग्देलले बैदेशिक राेजगारकाे बर्तमान अवस्था संजालकाे भुमिकाकाे बारेमा प्रष्ट्यादै बैदेशिक राेजगारकाे बढ्दाे अाकर्षणकाे कारण खाेल्दै बैदेशिक राेजगारलाइ सुरक्षित र मर्यादित बनाउन संजाल हरदम लागीरहने कुरा बताउनु भयाे ।

सप्ताह व्यापी रूपमा कार्यक्रम गरी िवश्व अाप्रवासन दिवस मनाइ रहेकाे अाप्रवासी श्रमिक संजाल नवलपुरले २०८० पाैष २ गतेका दिन जिल्ला अध्यक्ष युवलाल तिवारीकाे अध्यक्षता एवं जिल्ला समन्वय समिति अध्यक्ष बावुराम बिश्वकर्माकाे प्रमुख अातिथ्यतामा समापन कार्यक्रम गरी बैदेशिक राेजगारकाे क्रममा मृत्यु भएका श्रमीककाे परिवारका बाल बच्चाहरूकाे पठनपाठनमा सहयाेग पुर्याउने उदेश्यले ति बालबालिकालाइ शैक्षिक सामाग्री वितरण गर्दै अाफ्नाे सप्ताह व्यापी कार्यक्रमकाे समापन गरेकाे छ ।