Sigmo Khabar

SIGMO KHABAR

NEWS ARTICLE AND BLOGS

Bhu Sewa Services
Fashion Trending Kawasoti-2

Nepali news

  • My Blogs,  Nepali news,  News,  Uncategorized

    मध्यबिन्दुको बाढी प्रभावित क्षेत्रमा राहत सामग्री बितरण

    बाढीले क्षती पुर्‍याएको पोल्ट्री फर्म


    सिग्मो सम्बादाता ,

    नवलपुर।

     

    गत भदौ ११ र १२ गतेको लगातार बर्षाको कारण नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको वार्ड न २,३,६,१२ र १५ मा बाढीले क्षति पुर्‍याएको छ । बस्तिमा पसेको बाढीले त्यहाँको जनजीवन कष्टकर बनेको छ । घरमा बाढी पसे पछि  घरमा भएको अन्न बालिको पनि नोक्सान भएको कारण बिहान बेलुकी खान समेत समस्या परे पछि मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी नगर उपप्रमुख पुर्णकला चौधरी र नवलपुर क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य बिस्नु कुमार कार्कीको तर्फबाट निजका स्वकीय सचीव राजु पाण्डे सहित वार्ड न ६ का जनप्रतिनिधि एवं राजनीतिक सामाजिक व्याक्तित्वहरु  समेतको सहभागीतामा आज  ९५८ किलो चामल  ,३५० किलो दाल, नुन तेल तथा ब्लाङ्केट समेत बितरण गरिएको कुरा मध्यबिन्दु ६ निवासी दुर्गा प्रसाद भुर्तेलले जानकारी दिनुभयो । त्यसैगरी वार्ड न २ का बाढी प्रभावित परिवार मध्यबिन्दु २ शेहरिमा रहेको लिटिल फ्लावर स्कुलमा बस्दै आएका छन । त्यहा बाढिबाट पीडित समुदायलाइ मेष चलाएर खानाको ब्यवस्थापन भएको कुरा वार्ड न २ का वाडाध्यक्ष रामभक्त अधिकारिले जानकारी दिनुभयो ।  त्यस्तै वार्ड न १२ मा रहेको सस्कार ह्याचरिमा बाढी पस्दा ह्याचरीले संचालन गरेकाे पाेल्ट्री फर्मकाे २२००० कुखुरा बगाएको ह्याचरि सन्चालक चोलाकान्त काफ्लेले बताउनु भयो ।

  • My Blogs,  Nepali news,  News

    नारायणीमा पानीको तह खतरा भन्दा माथि

    असाेज १२, नवलपुर
    सिग्मो सम्बादाता

    नवलपरासी —  जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलमापन केन्द्रमा शनिबार बिहान सम्म  पानीको सतह खतराको तह भन्दा माथि पुगेको छ। त्यहाँ शनिबार बिहान पानी सतह ११ मिटर माथि पुगेको छ । पानीको सतह ९ मिटर भन्दा माथि पुगेपछि खतराको तह भन्ने बुझिन्छ । लगातारको झरीका कारण नारायणी नदीमा पानीको सतह खतराको तह भन्दा माथि पुगे सङ्गै नारयणी नदि आसपास बस्ती क्षेत्र जोखिममा परेको छ । नारयणी नदिको आसपासको बस्तीमा डुवान परेको खबर आउन थालेको छ ।पुर्वी नवलपरासी को कावसोती र मध्यबिन्दु नगरपालिका अन्तर्गतको अमलटारी,ब्रम्हस्थान,शेहरी नन्दपुरमा बाढी पसेको खबर आएको छ भने बाढीले के कति क्षेती पुर्‍याएको छ त्यसको विवरण भने आउन बाकी छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले शुक्रबार नैएक सूचना प्रकाशन गरेर नारायणी नदी आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको थियो।

     

  • Nepali news,  News,  Politics,  Sports

    ‘ नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सन्दीपबाट करणी गरेकाे अदालतकाे ठहर’

    ‘गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सन्दीपबाट करणी गरेकाे भन्दै काठमाण्डाै जिल्ला अदालतद्वारा सन्दीपलाइ दाेषि ठहर’

    शुक्रबार, १३ पुस २०८०, १९ : ४०
    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    sharethis sharing button

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ (परिवर्तित नाम) लाई क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको ठहर गरेको छ ।

    ‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१),(२) र ३(ङ) बमोजिमको कसुर ठहर्छ ।’

    तर, पीडित नाबालिग नभएको पुष्टि भएकाले सोही संहितको २१९ (३) (घ) बमोजिमको कसुर भनेर हुन नसक्ने अदालतले ठहर गरेको छ ।

    अदालतले सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोक्न आदेश दिएको छ भने सो अगाडि वादी, प्रतिवादी तथा जोहरवाला पक्षका कानुन व्यवसायीबाट सजाय पूर्वको प्रतिवेदन तथा पीगितलाई भराउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधारमा पेश गर्न पनि आदेश दिएको छ ।

    तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध  जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

    आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

    यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।