Tue. Jul 9th, 2024

नेपाललाइ पाचाै झट्का………

नेपाललाइ पाचाै झट्का लागेकाे छ २१अाै  अाेभरकाे दाेस्राे बलमा २ रन बनाउदै गुल्सन झा अाउट भएका छन् याे संगै २२ अाै अाेभरकाे समाप्तीमा १०७ रनमा ५ विकेट गएकाे छ देव खनाल ३४ बलमा ३६ रन बनाएर पेभिलियन फर्केका छन भने उत्तम थापा मगर ० रनमा अाउट भएका छन । यस अघि ब्याटिङ गरेकाे न्युजिल्याण्डले ५० अाेभरमा ३०२ रन जाेडेकाे थियाे ।

‘ नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सन्दीपबाट करणी गरेकाे अदालतकाे ठहर’

‘गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सन्दीपबाट करणी गरेकाे भन्दै काठमाण्डाै जिल्ला अदालतद्वारा सन्दीपलाइ दाेषि ठहर’

शुक्रबार, १३ पुस २०८०, १९ : ४०
facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ (परिवर्तित नाम) लाई क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको ठहर गरेको छ ।

‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१),(२) र ३(ङ) बमोजिमको कसुर ठहर्छ ।’

तर, पीडित नाबालिग नभएको पुष्टि भएकाले सोही संहितको २१९ (३) (घ) बमोजिमको कसुर भनेर हुन नसक्ने अदालतले ठहर गरेको छ ।

अदालतले सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोक्न आदेश दिएको छ भने सो अगाडि वादी, प्रतिवादी तथा जोहरवाला पक्षका कानुन व्यवसायीबाट सजाय पूर्वको प्रतिवेदन तथा पीगितलाई भराउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधारमा पेश गर्न पनि आदेश दिएको छ ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध  जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।

Fastest 100 ODI wickets in the world!

Into the history books. 100th ODI wickets in just 42 games for Sandeep Lamichhane. Incredible this👏🔥Records are meant to be broken and also proud to have achieved the title of the fastest 100 ODI wickets in the world! This feat wouldn’t have been possible without the unwavering support of his family, supporters, teammates and coaches who have been pillars of strength throughout his journey. Congratulations Sandy.